सुडानमा युद्धविरामको अवधि लम्बिए
खार्तुम। सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन। सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ।
साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तरराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ। उक्त समुद...