टिवी रोगको अस्पताल विराटनगरमा उपयुक्त देखिँदैन

नेपाल क्षयरोग निवारण संस्थाद्वारा सञ्चालित विराटनगरमा रहेको टिवी अस्पताललाई बजारभन्दा बाहिर राखेर सञ्चालनमा ल्याउँदा उपयुक्त हुने देखिन्छ । यो अस्पतालमा ९ जना जटिल टिवी रोगका बिरामीहरू उपचारार्थ भर्ना भएका छन् । जटिल रोगका बिरामीहरूका कारण चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सर्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । यस प्रकारको अस्पताल विराटनगरभन्दा बाहिर राखी यसको व्यवस्थापन गरेमा अन्य व्यक्तिलाई ...

सशस्त्र प्रहरी सुनसरीले चोरी पैठारी गर्नेलाई निरुत्साहित पार्दै

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वा सुनसरी र सो मातहतका कार्यालयहरूले सीमाको सुरक्षा एवम् अबैध चोरी पैठारी नियन्त्रण गर्ने कामलाई निरन्तरता दिँदै आएका छन् । आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि चैतसम्म २ करोड ६७ लाख ५६ हजार ८ सय २२ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी भन्सार दाखिला गर्नुपर्ने सामान भन्सार दाखिला गर्ने र नष्ट गर्ने सामानहरू नष्ट गर्ने काम गरेको छ । उक्त स...

सशस्त्र निगरानी जारीः चौरी गाईको पुच्छर भन्सार दाखिला

विराटनगर । नेपाल-भारत सीमा क्षेत्रको निगरानी राख्दै आएको सशस्त्र प्रहरीले चोरी पैठारी कार्यलाई निरुत्साहित पार्दै आइरहेकोछ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण टङ्कीसिनवारी मोरङ मातहतको युनिटले चैत महिनामा ४३ लाख ५ हजार ५३ रुपैया मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ । चैत महिनामा ३ लाख ४३ हजार ८ सय मूल्य बराबरको सामान नष्ट, २ ग्राम ४३ मिलीग्राम ब्राउन सुगर बरामद गरेको कुरा सशस्त्र...

स्वास्थ्य सेवामा प्राइम अगाडि

विराटनगर । विराटनगर-७ मा रहेको प्राइम अस्पतालले स्वास्थ्य क्षेत्रमा सक्रियपूर्वक काम गर्दै आएको छ । यस अस्पतालले फागुन महिनामा मात्र १०९९ बिरामीले ओपिडीबाट सेवा लिएको बताइन्छ । ओपिडीमा उपचार गर्न आएका बिरामी र आकस्मिक सेवामा उपचार गर्ने बिरामीमध्ये केहीले अस्पतालमा भर्ना भई उपचार सेवा लिएका थिए । उक्त अस्पतालमा १६४ जना बिरामी भर्ना भई उपचार गराइरहेकोमा मेजर शल्यक्रिया ४७ जना र माइनर शल...

युवाहरू कुलतको सिकारः हुक्कामा हालेर खाने फ्लेवर भित्रिने क्रम जारी रहेको छ

युवाहरू कुलतको सिकारः हुक्कामा हालेर खाने फ्लेवर भित्रिने क्रम जारी रहेको छ
विराटनगर । खुला सिमानाको कारण हुँदै आएको अवैध तरिकाले गरिने ओसारपसार कार्यमा खासै कमी आएको छैन । भारतसँग जोडिएको क्षेत्रबाट हुने अबैध कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफूलाई केही सञ्चारकर्मी बताउने व्यक्ति र राजनीतिकर्मी, केही स्थानीय जनप्रतिनिधिहरूको संलग्नता रहेको पाइन्छ । सीमा सुरक्षा एवम् चोरीपैठारी काम गर्न खटिएका सशस्त्र प्रहरीद्वारा सामान समाएपछि केही सञ्चारकर्मी र केही स...

क्षयरोगीका बिरामी बढ्ने क्रममाः सरकारको लक्ष्य पूरा हुनेमा शङ्का

क्षयरोगीका बिरामी बढ्ने क्रममाः सरकारको लक्ष्य पूरा हुनेमा शङ्का
विराटनगर । नेपालले सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको अन्त गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य अनुसार जनतामा जनचेतना फैलाउने र कुपोषणबाट नेपालका बालबालिकालाई मुक्त गर्ने तर्फ सरकारले आवश्यक कदम नचालेसम्म क्षयरोगका बिरामीहरू देखिने क्रम जारी रहने देखिन्छ । सामान्य क्षयरोग लागेका बिरामीले औषधि नियमित सेवा गरेपछि केही हदसम्म कम हुन सक्छ तर जटिल क्षयरोग लागेका बिरामीबाट उच्च सतर्कता अपनाउन...

न्यूरोद्वारा स्वास्थ्यमाथि जालझेल

न्यूरोद्वारा स्वास्थ्यमाथि जालझेल
विराटनगर । विराटनगरमा पछिल्लो समय स्वास्थ्य संस्थाहरूले निकै फड्को मारेको छ । सरकारी अस्पतालभन्दा निजी अस्पतालले निकै फड्को मारेको हो । सरकारी अस्पतालको व्यवस्थापनतर्फ बढी राजनीतिकरण हुने गरेको हुँदा निजी अस्पतालहरूले दिन गुणा रात चौगुणा फड्को मारिरहेका छन् । स्वास्थ्यतर्फ अहिले पनि जनताको पहुँच पुग्न सकेको छैन । स्थानीय जनप्रतिनिधि राजनीतिक दलले पनि जनतालाई स्वास्थ्य सेवा निःशुल्क पाउ...

निर्वाचनको समयमाः चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण टंकीसिनवारी मोरङ मातहतको युनिटले फागुन महिनामा चोरी पैठारी गर्नेलाई निरुत्साहित पार्दै आएको छ । मोरङमा रहेको सशस्त्र प्रहरी बल नेपालको विभिन्न युनिटले फागुन महिनामा ४० लाख ९९ हजार ९९० मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । घरेलु मदिरासहित अन्य सामान ५ लाख ९७ हजार ६५० मूल्य बराबरको नष्ट गर्नुका साथै लागु औषध गाँजा २७६.९...

खाद्यद्वार उद्योगविरुद्ध मुद्दा

खाद्यद्वार उद्योगविरुद्ध मुद्दा
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरूलाई मुद्दा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । मटमासको तेल उत्पादन गर्ने, वनस्पति घ्यू उत्पादन गर्ने र गहुँको पिठो उत्पादन गर्ने उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरिएको छ । २०८२ भदौ ५ गते पिठो उत्पादन गर्ने उद्योग १, २०८२ मंसिर ११ गते मटमासको तेल उद्योग र वनस्...

तौलमा उपभोक्ता ठगिदैः नापतौलबाट व्यापारिक संस्था कारबाहीमा

तौलमा उपभोक्ता ठगिदैः नापतौलबाट व्यापारिक संस्था कारबाहीमा
विराटनगर । उपभोक्ताको हितमा उपभोक्तालाई ठगी गर्नेलाई कारबाही गर्ने कानुन बने पनि उक्त कानुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा आम उपभोक्ताहरू ठगिने क्रम भने जारी रहेको छ । अनियमित तरिकाले नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठग्ने काम यहाँका व्यापारिक संस्थाले गर्दै आएका छन् । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले पूर्वदेखि तराईको विभिन्न स्थानमा छड्के जा...