विराटनगर । २०८३ आश्विन ८ देखि १२ गतेसम्म झापाको मेची नदी, कनकाई नदी, रतुवा नदी र बिरीङ्ग खोला आदि आसपासमा रहेका गाँउबस्तीहरुमा सशस्त्र प्रहरी बल, नेपालले बिपद् जन्य सचेतनामूलक माईकिङ्ग कार्यक्रम नियमित रूपमा भइरहेको छ ।

सशस्त्र प्रहरी बल, नेपालले बिपद्‍ ब्यवस्थापन खोज तथा उद्दार कार्यहरुको प्रक्रियालाई सुव्यवस्थित, छिटो तथा प्रभावकारी बनाउन ट्रयाकिङ्ग गर्न र अभिलेख राख्नको लागि प्राकृतिक बिपत्ति तथा उद्दार कार्यमा स.प्र.बल, नेपालको सक्रियता निरन्तर जारी रहने भनि सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सि.ले जानकारी दिनुभयो ।

पूर्वसूचना, तत्काल उद्धार, खोलाको नियमित निगरानी, जोखिमयुक्त खोला तथा नदीको जोखिम नक्शाङ्कन तयार गरी, नियमित पेट्रोलिङ गर्ने, पुल, तटबन्धन, कमजोर किनारा, बस्ती र डुबान हुन सक्ने स्थानमा विशेष निगरानी गरिने, पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे अब्जरभेशन रेकर्ड राखि सम्भावित जोखिम देखिएमा तत्काल युनिटमा सूचना आदानप्रदान गर्ने निगरानी, सूचना, तयारी र उद्दार गर्न तयार रहेको छ जसले गर्दा जनमानसमा विश्वास दिलाउन मद्दत पुर्‍याउने विश्वास लिइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सी.ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया