विराटनगर । लागु औषधसँग सम्बन्धित मुद्दाहरु नेपाली प्रहरीले चलाउने कानुनी मान्यता रहेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्वा कंकानिली गण टंकीसिनवारी मोरङ र सो मातहतको युनिटले लागु औषध गाँजा, ब्राउन सुगर लगायत लागु औषधहरु बेला बखत मानिस, सवारी साधन र लागु औषध बराम गर्ने गरेको छ ।

कतिपय त सवारी साधन चलाउने चालक फरार हुने गरेका छन् भने कतिपय अवस्थामा चालक सहित बरामद हुने गरेको छ ।

लागु औषध ओसारपसारमा प्रयोग हुने सवारी साधनहरु प्रायः निजी हुने गरेको छ तर बरामद गरिएको सवारी साधनको सवारी धनीसम्म सशस्त्र प्रहरी पुग्दैनन् । किनकि उनीहरुले लागु औषधको हकमा नेपाल प्रहरीलाई बुझाउने गरेका छन् । नेपाल प्रहरीलाई बुझाएपछि उनीहरुको दायित्व पूरा हुने गरेको कारण आवश्यक कारबाही प्रक्रिया सुरु गर्दा बढी जवाफदेही नेपाल प्रहरी हुने गरेको छ ।

यसरी नै जिल्ला प्रहरी कार्यालय मोरङ र सो मातहतको युनिटले पनि सवारी साधन, कुनै बेला मानिस, कुनै बेला लागु औषध र सवारी साधन पक्राउ गर्ने गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा र आ.व. २०८३/०८४ भदौसम्म गाँजाको परिणाम निकै सवारी साधन पनि नियन्त्रणमा लिएको कुरा बेला बेलामा सशस्त्र प्रहरी र नेपाली प्रहरीबाट सार्वजनिक हुँदै आइरहेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सवारी साधनसहित लागु औषध बराम भएका र जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कारबारी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ताले बताउनुभयो ।

स्कुटर २ थान जसमा गाँजा थियो । मोटरसाइकल १ टामाजोल लगायत अन्य चक्की, पिकअप भेन १ ब्राउन सुगरसहित, सिटी सवारी २, एम्बुलेन्स १, लागु औषधतर्फ मानिस १६ जना पक्राउ गरेका छन् ।

आ.व. २०८३/०८४ को भदौसम्म स्कारपियो १ मोटरसाइकल छ । मारुती भेन १, सिटी सफारी १ साथै मानिस ६ जना रहेका छन् ।

आर्थिक वर्ष २०८३/०८४ मा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट बरामद गरी मानिस पनि पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्वा कंकालिनी गण टंकीसिनवारी मोरङद्वारा वान टन पिकअप र भारतीय गाडीहरुसहित लागु पदार्थ नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएकोमा नेपाल प्रहरीको रेकर्डमा उक्त सवारी साधन उल्लेख गरेको पाइँदैन ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्वा कंकालिनी गण टंकीसिनवारी मोरङ र सो मातहतको युनिटले आ.व. २०८३/०८४ मा भारतीय गाडीमा लागु औषध ल्याएकोमा नियन्त्रण लिई नजिकको प्रहरीलाई जिम्मा दिइएको छ । उक्त भारतीय सवारी साधनको विषयमा प्रहरी मौन रहेको छ किन ?

तपाईको प्रतिक्रिया