
विराटनगर । नेपाल अभिभावक विहीन बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नं. ४ (ख) का अध्यक्ष टीका उप्रेतीले सो बताउनुभएको छ ।
नेपालमा राज संस्था हुँदा नेपालमा विदेशीले चलखेल पनि गर्न पाउँदैन थिए । देशलाई स्थायित्व दिन देशलाई अगाडि बढाउनको लागि राजा आवश्यक छ तसर्थ राजसंस्था पुनः स्थापना गरी राजासहितको प्रजातन्त्र नै आवश्यक देखिन्छ – उप्रेतीले भन्नुभयो ।
“तपाईं धवल शमशेर जबराले नेतृत्व गरेको जय नेपाल पार्टीमा प्रवेश गर्नुभयो भन्ने हल्ला छ । यसलाई कसरी लिनुभएको छ” भनी जिज्ञासा राख्दा “म राप्रपाको एक सिपाही हुँ । म राप्रपा बाहेक कहीँ जान्न । मेरो क्षमता, दक्षताले भ्याएसम्म राप्रपामै रहन्छु” उप्रेतीले भन्नुभयो ।
“राप्रपाको महाधिवेशनमा केन्द्रीय तहमा यहाँको कुनै पदमा उम्मेदवारी हुन्छ, हुँदैन” भनेर जिज्ञासा राख्दा “मोरङ ४ नं. मै बसेर काम गर्नेछु । केन्द्रमा उम्मेदवारी दिने मेरो कुनै योजना छैन र म राप्रपा बाहेक अन्य कुनै दलमा जाने छैन । म राजासहितको प्रजातन्त्र देशमा हुनुपर्छ भनेर अगाडि बढिरहेको छु । यो मुद्दा राप्रपाले बोकेको हुँदा अन्त जाने प्रश्नै हुँदैन” उप्रेतीले भन्नुभयो ।
यस सम्बन्धी उहाँसँग गरिएको अन्तर्वार्ता-








