
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण टङ्कीकिनवारी मोरङ र सो मातहतको युनिटले चोरीपैठारी गर्ने समूह वा व्यक्तिलाई निरुत्साहित पार्ने काम गर्दै आइरहेको छ ।
असोज महिनामा मात्र १ करोड ६४ लाख २९ हजार ७३२ मूल्य बराबरको सवारी साधनसहित विभिन्न सामानहरू नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको छ ।
असोज महिनामा ७८ लाख ७५ हजार मूल्य बराबरको विभिन्न सवारी साधनहरू, ३८ लाख ५४ हजार मूल्य बराबरको लत्ताकपडा, किराना सामान १० लाखभन्दा बढी, रजनीगन्धा ३ लाखभन्दा बढीको सामानहरू नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
यसरी नै इलेक्ट्रोनिकस सामान ४७ हजार मूल्य बराबरको १ लाख ३६ हजार मूल्यभन्दा बढी हार्डवेयरको सामान, ५ लाख ७३ हजारभन्दा बढी सिँगार तथा इलेक्ट्रोनिक्सका सामानहरू, ४ लाख ५२ हजार मूल्यभन्दा बढीको औषधि मेडिकल सामानहरू, १ लाख ९३ हजार मूल्य बराबरको मोबाइल पार्टस् सामानहरू, २ लाख २९ हजार बराबरको फलफूल, १ लाख २१ हजार बराबरको चस्मा र १६ लाख ४४ हजार मूल्यभन्दा बढीको अन्य सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि नियमनकारी निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण टङ्कीसिनवारी मोरङ र सो मातहतका युनिटबाट असोज महिनामा ६ जना व्यक्ति, स्कुटर १, मोटरसाइकल १२, सिटी सफारी १, अटो ३ र चार पाङ्ग्रे १ समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नियमनकारी निकायमा बुझाएको थियो ।
सशस्त्र प्रहरीको कामबाट केही कारोबारीहरू सशस्त्र प्रहरी विरुद्ध खनिन थालेका छन् ।








