मृत्युवरण गरेको प्रतिनिधि सभालाई नवजीवनदान दिनु नै मुलुकको लागि अभिशापः अधिकारी
देशको अवस्था कस्तो छ ?
- देशको अवस्था अत्यन्तै दर्दनाक छ । मुलुक अधोगतितर्फ गइरहेको छ । नेपालीहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन् । दण्डहीनता बढिरहेको छ । सरकार नै जनतालाई दुःख दिने बाटोमा हिँडिरहेको छ । महँगी, भ्रष्टाचार बढिरहेको छ । जनताको आवाज सुन्नेतर्फ सरकार नलागीकन जनताको आवाज दबाउनेतर्फ सरकार लागिपरेको छ ।
यो हुनुको कारण के हो ?
– देश राजनीतिज्ञले चलाउनुपर्नेमा राजनीतिज्ञल...