विराटनगर ।
देशमा रहेका युवा जनशक्ति नेपालबाट विदेश पलायन भइरहेको अवस्थामा नयाँ उद्योगहरुको स्थापना हुने क्रम जारि रहेको छ । आर्थिक बर्ष २०८० ÷८१ मा २८३ वटा नयाँ खाद्यय उद्योगको स्थापनाका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरले सिफारिस गरेको छ । आर्थिक बर्ष २०८० ÷८१मा २२० वटा नयाँ खाद्यय तथा दाना उद्योगले अनुज्ञापत्र लिएको ३८८ वटा नविकरण भएको लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरका सुचना अधिकारी दिनेश सुवेदीले जानकारी दिनुभयो ।

कार्यालय ले एक वर्षमा १२८ वटा खाद्यय उद्योग निरिक्षण , ८३ वटा होटल रेष्टुरेन्टको अनुगमन र ८८ पटक बजार अनुगमन गरेको छ । आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता गरेको छ । यसरी मुद्धा दर्ता गर्दा १६ वटा मुद्धा जिल्ला अदालत विराटनगर र ५ वटा मुद्धा जिल्ला प्रशासन कार्यलय मोरङमा दर्ता गर्ने काम कार्यलयबाट भएको छ । जिल्ला अदालत विराटनगरमा संचेती चिया उद्योग , क्वालिटी आयल रिफाइनरी उद्योग , मारुति डेरी प्रोड्क्स प्राली र जिल्ला प्रशासन कार्यलय मोरङमा गणपती खाध्य लघु उद्योग , जय माँ भगवती टेड्स , एसियन फुड् प्राली लगायतका रहेका छन ।

तपाईको प्रतिक्रिया