विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरुलाई विधाई गरेको छ ।

कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि विधाई गरिएको हो । कलेजमा अध्ययन पुरा गरेर दीक्षित भएका उनीहरुलाई एक कार्यक्रमका बिच कलेजले शुक्रबार बिदाई गरिएको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको छ । विराटनगरको रत्ना होटलमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

बिबिएमका सन् २०२० का र बिएचमका सन् २०२१ का विद्यार्थीहरु हुन् । चार वर्षे कोर्ष पुरा गरेपछि उनीहरुलाई विदाई गरेको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ ।

कार्याक्रमका प्रमुख अतिथी रेवत बहादुर थापाले कोशी प्रदेशमा होटल तथा टुरिजम क्षेत्रको विकाश र विस्तारका लागी दक्ष योग्य र सिपयुक्त जनशक्ति कलेजले उत्पादन गरिरहेको बताउनुभयो । उहाँले देशको विकासमा पर्यटन परिहार्य र होटल व्यावसायको विकास र विस्तारका लागी कर्मयोगी ब्याक्तित्व बनाउने कार्यमा सास्थम सदैव रहेको बताउनुभयो ।

कार्यक्रममा सास्थम कलेजका म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, बीबीए प्रोग्राम डाइरेक्टर अर्चना भट्ट लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया