विराटनगर। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरले सिमा क्षेत्रमा निगरानी राखेपछि अवैध रुपमा कारोबार गर्नेहरू निरुत्साहित बनेका छन्।

उक्त गुल्मका सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोलीले चान्दी जस्तो देखिने सेतो धातु ३ केजी बरामद गरेको छ। जोगमनीबाट नेपालतर्फ आउँदै गरेको एक व्यक्तिको झोला चेक जाँच गर्ने क्रममा उक्त समान बरामद गरेको हो।

उक्त सेतो धातु को शुद्धता परीक्षण गर्न नेपाल सुन चान्दी व्यवसाय महासंघ मोरङमा पठाएको र त्यहाँबाट रिपोर्ट आएपछि आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाउइएको छ ।

तपाईको प्रतिक्रिया