विराटनगर, पुर्व राजा ज्ञानेन्द्र शाह सुनसरीको इटहरी ४ स्थित गंगा जमुना मुक्ति घाँटमा सोमबार सांझा सहभागी हुनु भएको थियो।
चैते छैठको अवसरमा सहभागी भइ पुञ्ज अर्चनाका साथै जल समेत पुर्व राजाले चढाउनु भएको थियो। तिहार पछि हुने छैठ पर्वमा भाकल गरेका ब्रतालुहरुको मनकामना पुरा भए पछी चैतमा पुन ब्रत बसी अस्ताउदो सुर्यलाई अर्घ दिने चलन छ।
यो कार्यक्रममा पुर्व राजाको सहभागीले गर्दा हिन्दु धर्मालम्बीहरु धर्म प्रति आस्था बढेको छ। पुर्व राजा सरिक हुँदा हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ राजा आउ देश बचाऊ भन्ने नारा लागेको थियो। पुर्व राजालाई पुष्प गुच्छा दिएर सर्वसाधारणले स्वागत गरेका थिए।