विराटनगर। विराटनगर महानगर पालिकाले चलाएको पार्किङ्ग निषेधको विरोधमा सडकमा उत्रिएका व्यापारीको पसलमा महानगर पालिकाले अनुमगन गरेको छ।

महानगर पलिकाकी उपमेयर शिल्फा कार्कीको नेत्रित्व्यमा बाणिजय कार्यालय र नापतोलटोल कार्यालय गएको टोलिले बुधबार दुइ वटा पसलमा मात्र अनुगमन गरेको छ। अनुगम गर्दा महानगर पालिकाको लेख शाखा ,स्वास्थ्य शाखा ,नगर प्रहरी गरि एक दर्जन व्यक्ति अनुगमनमा गएका थिए। मिठाई पसल र सुन पसलमा मात्र अनुगम गरेका थिए। आगन मिठाई पसल र बजरंग ज्वेलरीमा मात्र अनुगमन गरिएको थियो।

दुइ पसलका संचालकहरुले नो पार्किङ्गको विरोध गर्दै एक तर्फी पार्किङ्ग गर्नु पर्ने मांग राखी आन्दोलनको नेत्रित्व्य गरका थिए। निजहरुले निकालेको जुलुसमा को को सहभागी थिए उनीहरुको पसल कुन हो सो पहिचान गरि अनुगमन गरेको आशंका गरिएको छ।

पहिले आगन स्विट्स मिठाई पसलमा त्यस पछि बजरंग ज्वेलरीमा गरिएको हुँदा महानगर पालिकाको निर्णयको विरोधमा बोल्नेलाई निगरानी राख्ने हौ भने र घुमाउरो परम चेतावनी दिएको त होइन भन्ने कुरा व्यापक चर्चा पिएको छ।

तपाईको प्रतिक्रिया