विराटनगर। बिराट गोल्ड कप फुटवल टुनामेन्ट सम्पन्न भए पनि आयोजकलाई हिसाव मिलान गर्न हम्ये परेको छ।

विराटनगर महानगर पालिकाका प्रमुश समेत रहनु भएको नागेश कोइरालालाई हिसाव फर्स्योट कसरि गर्ने भन्ने समस्या आएको छ। बिराट गोल्ड कप फुटवल टुनामेन्ट आयोजक समितिका संयोजक रहनु भएका नागेश कोइरालालाई टुनामेन्टमा १ करोड घाटा भएको हुँदा उक्त रकम कसरि पुरा गर्ने वहाको अगाडी ठुलो चुनोति थपिएको छ।

महानगर पालिकाले शहिद मैदान व्यावस्थापन ३५ लाख खर्च गरेको चर्चा खेलाडी बीच चलन थालेको छ। प्रत्येक वडा बाट १ लाख५० हजार निकाशा गर्ने विषय मा समेत कुरा भइ रहेको कुरा महानगर पालिका तातेको छ। महानगर पालिकाले बिराट गोल्ड कप फुटवल टुनामेन्ट लागि कति रकम निकाशा गरेका छन् भन्ने विषयमा विराटनगर महानगरपालिकाका सूचना अधिकारी संग जिज्ञासा राख्दा महानगर पालिकाले कति रकम दिने भनेको छ आफु लाई जानकारी नभएको बताउनुभयो।

आयोजक समितिका संयोजक नागेश कोइरालाले गोल्ड कप टुनामेन्टको हिसाव सार्वजनिक गरेर पर्दशिताको प्रमाण दिनु पर्ने तर्फ बिराट गोल्ड कप फुटवल ट्रष्ट केहि पदाधिकारीको रहेको छ।

 

तपाईको प्रतिक्रिया