सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा स्थित जिससको सभा हलमा न्यायिक समितिको प्रभावकारी क्रियाशिलता बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यलय, सर्लाहीको आयोजना र जिल्लामा क्रियाशिल विभिन्न गैरसरकारी संस्थाहरुको सहकार्यक्रममा कार्यक्रम सम्पन्न भएको मानव अधिकार रक्षक संजाल, सर्लाहीका संयोजक मुकेश मिश्रले जानकारी दिए ।

कार्यक्रममा सर्लाहीका विभिन्न स्थानिय तहका उपप्रमुखहरुसंग न्यायिक समितिका प्रभावकारी कार्यन्वयन, न्यायिक समितिका काम कर्तव्य लगायत बिषयमा व्यापक छलफल गरिएको हो ।

सरकारी वकिल कार्यलय, सर्लाहीका जिल्ला न्याधिवक्ता कैलाश दाहालले स्थानिय तहलाई न्यायिक अधिकार सम्बन्धि स्लाइड प्रस्तुत गरका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कौशल किशोर सिंहले स्थानिय तहका न्यायिक समितिका प्रमुखहरु विभिन्न राजनितिक पार्टीबाट निर्वाचित भएर आएका कारण सर्वसाधरणले विश्वास गर्न नसकेको बताए ।

अन्य पार्टीका नागरिकले फरक पार्टीका प्रमुख भएर न्यायका लागि नजाने र न्यायिक समितिले समेत पार्टी र जाति भन्दा माथि उठेर काम गर्न नसकेका कारण एक अर्कामाथि अविश्वासको वातावरण सृजना भएको उहाँले जिकिर गरे । नगरप्रमुख र उपप्रमुखको आन्तरिक विवाद समेत समेत न्यायिक समिति प्रभावकारी हु नसकेको उहाँको भनाई छ ।

स्थानिय स्तरमा न्यायिक समिति सक्रिय नहुदाँ जिल्ला प्रशासन र प्रहरी कार्यलयमा क्षेत्र अधिकार बाहिरका उजुरीको ताँती लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउँछन ।  न्यायिक समतिको प्रभावकारी कार्यन्वयन भयो भने कार्यक्षेत्र बाहिरका उजुरी जिल्लामा घटने र सर्वसाधरणलाई न्यायिक पहुँचमा सहज हुने उहाँको भनाई छ ।

हाम्रो समाजिक परिवेशले गर्दा पनि न्यायिक समिति सक्रिय हन नसकको हो । उहाँले भने । प्रमुख पुरुष र उपप्रमुख महिला हुन्छ भनी हाम्रो आम बुझाई छ । हाम्रो समजिक संरचना नै यस्तै छ । स्थानिय तहमा उपप्रमुखहरु समेत प्रमुखहरुबाट पिडित हुने गरेको पाइएको हो, उहाँले थपे । उपप्रमुखहरुले आफनो अधिकार बारे बुझेर प्रयोग गर्न नसकेको कारण थप समस्या सृजना भएको उहाँले टिप्पणी गरे ।

जिल्ला समन्वय समिति, सर्लाहीको संयोजक कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय, सर्लाहीका सिडिओ इन्द्रदेव यादवले अध्यक्षता गरेका थिए ।

कार्यक्रमलाई संजाल सचिव संतोष कर्ण र अध्यक्ष मुकेश मिश्रले संयूक्त रुपमा संचालन गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सर्लाहीका सहायक प्रजिअ होमप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रमुख नरेशराज सुवेदी, ओरेक नेपाल, सर्लाहीका संयोजक देवकुमारी महरा, राष्ट्रिय दलित कल्याण समाजका संयोजक राजेश पासवान, साप नेपालका प्रतिनिधि मनोज पासवान, नागरिक समाजका अगुवा रजनिकान्त झा, उग्रकान्त झा, शिवचन्द्र चौधरी, महिला अधिकारकर्मी रम्भा झा, इन्सेक प्रनिनिधि बुधन साह, जिल्लाका १४ वटा स्थानिय तहका उपप्रमुख लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया