विराटनगर । पछिल्लो समय जोगबनीबाट सामान ओसारपसार गर्नेहरू नदेखिएको भए पनि उनीहरूले नयाँ व्यक्तिलाई प्रयोग गर्दै आएका छन् ।

जोगबनीबाट सामान ल्याउनेहरूमध्ये व्यापारिक प्रयोजनको लागि सामान ल्याउनेको पहिचान गर्दै उनीहरूसँग तालमेल गर्ने र सामान छोडिदिने गरेकोपाइएको छ ।

सामान ल्याउनेलाई कुन सामान हो, कति मूल्यको भनेर सोधेमा अकमकाउने र पैसा तिरिदिने मानिस गइसक्नुभयो विवाहको लागि हो, पसलेलाई बोलाइदिन्छु भनेर सामान ल्याउनेले भन्ने गरेका छन् ।

सामान कसरी ल्याइन्छ व्यापारी र घरायसी भनेर पहिचान गरेपछि व्यापारीको नम्बर माग्ने र सामान दिने गरेको कुरा सार्वजनिक भएपछि भोलिका दिनमा तिनैको माध्यमबाट राज्यलाई हानि हुने र चुनौती हुने वस्तु नआउला भनेर भन्न सकिदैन ।

शनिबार भएको घटनाले सोही कुराको पुष्टि गरेको छ । आइतबार दिउँसो ३ बजेतिर सशस्त्र प्रहरीबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट कार्यक्षेत्रमा खटिएको टोलीमध्ये २ नम्बर ढाँटमा रहेको युनिटले पक्रेको सामान त्यसपछि सामान ल्याउनेको तर्क र छोडिएको सामानलाई गहन रूपमा हेर्नुपर्ने तर्फ प्रत्यक्षदर्शीले गर्न थालेका छन् ।

कालो प्लाष्टिकमा बेरेर ल्याएको सामान तार झोलामा ल्याइएको सामान के थियो भनेर सशस्त्र प्रहरीलाई थाहा छैन ।

सामान ल्याउने व्यक्तिले कपडा भनेका थिए कति मूल्यको थियो केका लाई भनेर सशस्त्र प्रहरीले सोधेपछि विवाहको हो, टिकटक हेरेर आएको सामान कति मूल्यको थाहा छैन, पैसा तिर्ने दाइ पैसा तिरेर जानुभयो, पैसा तिर्ने दाइलाई बोलाउनुभन्दा मोटरसाइकलमा जाने दाइ आउँदैनन् बाटोमा मरोस्, दुर्घटनामा परोस् भनी जवाफ दिएका थिए ।

यसरी दिइएको जवाफलाई हेर्दा सामान व्यापारिक प्रयोजन को हो के थियो ल्याउनेलाई थाहा छ, ल्याउनेले कपडा भनेका थिए तर सशस्त्रले के हो हेर्नुपर्नेमा नहेरी पछि सामान दिएको कुराले अहिले व्यापक चर्चा पाएको छ ।

अहिले यसलाई हेर्दा र यही कार्यलाई निरन्तरता भइरहेमा यसले राज्यलाई हानि हुने सामान नेपालतर्फ आउने प्रबल सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया