– माण्डव्य

नेपालमा पढेलेखेका भन्दा
नपढेलेखेका जाती छन्
नपढेलेखेकालाई मूर्ख बनाउन
पढेलेखका महिर छन्
त्यसैले त नेपाल
विदेशीको लागि क्रीडास्थल बनेको छ ।

नेपालमा अन्य व्यापारभन्दा
राजनीति व्यापार फस्टाएको छ
पढेलेखेकाहरू मात्र उक्त पसलको
मालिक बनेका छन्
खराब वस्तुलाई राम्रो वस्तु भनेर
नपढेलेकालाई बेचे भनेर खुसी छन्
तर पढेलेखेकालाई पनि बेची रहेका छन्
त्यसैले त नेपाल … … …

नेपालमा राजनीतिक पसल खुल्दैछन्
विदेशी लगानीकर्ताले लगानी गर्दैछन्
लगानीकर्ताले लगानी गर्न छाडेपछि
आआफ्नो पसललाई भर्ना गर्दै
साझेदारी रूपमा मालिक बनिरहेका छन्
त्यसैले त नेपाल … … …

पत्रकारिता गर्दा राजनीति खराब देख्नेहरू
राजनीति गर्दा पत्रकारिता खराब देख्नेहरू
राजनीतिमा नआउँदा
भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद भन्नेहरू
राजनीतिक पसलको मालिक बनिरहेका छन्
राजनीतिक पसलको मालिक बनेपछि
आफूले बोलेका कुरालाई बिर्सिरहेका छन्
त्यसैले त नेपाल … … …

विदेशीले धेरै पसलमा लगानी गर्न छोडेपछि
पसल सञ्चालकहरू उताउति भौँतारिरहेका छन्
नेपाललाई विदेशीको क्रीडास्थल
बनाउन तल्लीन छन्
नपढेलेखेकालाई मूर्ख बनाए भनेर
ढोल बजाइरहेका छन्
यसमा विदेशीले पत्याउने वातावरण बनाइरहेका छन्
त्यसैले त नेपाल … … …

तपाईको प्रतिक्रिया