– ज्ञवाली (माण्डव्य)
नेपालमा अनाैठो परम्परा
दलीय व्यवस्थामा
दलीय हनुमानको प्रभाव
दलका नेताले बोलेमा
अमृत सरह पिउने
दलीय हनुमानको जय होस् ।
यो ऊ त्यो होइन
सरकारमा जो गए पनि
गलत भाष्यको खेती
दलीय हनुमानले गर्दछन्
आँखा चिम्लेर समर्थन
दलीय हनुमानको जय होस् ।
२०४६ पछिका दलका नेताले
राजाको पालामा देश बरबाद भएको भाषा प्रयोग
हनुमानहरूले समर्थन गर्दथे
तर जेनजीपछि सरकारमा गएकाले
३५ वर्ष नेताले देश बिगारेको भन्दा
त्यसलाई पनि समर्थन गर्ने
हनुमानको जय होस् ।
अहिले ३५ वर्ष दलका नेताले
केही गरेनन् भनेर कराउनेहरू नै
विगतमा खम्बाझैँ उभिएर विरोध
गर्नेलाई गाली गर्दथे
तर तिनै अहिले नयाँ दलमा
नेता भएपछि
३५ वर्ष दलका नेताले केही गरेनन्
भनेर कराउँदै छन्
दलीय हनुमानको जय होस् ।
नयाँ दलमा आएकाहरू
चन्द्रमाबाट आएका होइनन्
जुन दललाई गाली गर्दथे
तिनै दलका उत्पादन थिए
त्यसैले त जो जे जसो भए पनि
दलीय हनुमानको काम छैन नेपालमा
दलीय हनुमानको जय होस् ।







