विराटनगरमा रहेको केही आँखा अस्पतालमध्ये केही आँखा अस्पतालले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा लगाउने लुगा अस्पताल आफैँले मेसिनमा हालेर धुने र त्यसलाई निर्मलिकरण गर्नुपर्नेमा सो नगरीकन लुगा धुनेलाई लुगा धुन दिई बाहिर सडकमै सुकाएको लुगा आफूले फेरि लिएर उक्त लुगा अस्पतालमा भर्ना भएका बिरामीहरूको आँखाको अप्रेसन गर्दा लगाउने गरेका छन् । यसबाट उपचार गर्न उपचारार्थ भर्ना भएको बिरामीहरूको विश्वासमाथि अस्पताल व्यवस्थापकले विश्वासघात गरेको प्रस्ट हुन आउँछ । बिरामीमो स्वास्थ्यमाथि खेलवाड गर्ने अस्पतालमाथि सम्बन्धित निकायले निगरानी राखी कानुनी दायरामा ल्याउनु जरुरी छ ।
आँखा अस्पतालमा प्रयोग गरिने लुगा यस्तो ठाउँमा सुकाइन्छ






