विराटनगर। भारतले आफ्नो स्वतत्रता दिवसको अवसरमा नेपाल भारत सिमाको दशगजा क्षेत्रमा भारतीय झण्डा फहराएको छ। मोरङमा मात्र भारतीय पक्षले २५ भन्दा वढी स्थानमा आफ्नो देशको झण्डा फहराएको छ।
विराटनगर देखि भारत तर्फ प्रवेश गर्ने जोगवनी नाकाको दशगजामा भारतीय झन्डा फहराएको हो । भारतीय पक्षले जोगवनी जाने बाटोको दशगजा देखि ५० फिट नेपाल तर्फ झन्डा फहराउने गरि पूर्वाधार तयार गरेको तर्फ नेपाल को तर्फ बाट सशस्त्र प्रहरीले विरोध गरे पछि नेपाल पक्षको सल्लाहमा ठाउँ परिवर्तन गरि झन्डा फहराएको हो।
भारतीय पक्षले दशगजा देखी वर भारतीय झन्डा गाडने तयारी गरिरहेको वारेमा सशस्त्र प्रहरी वल इटहरीमा जानकारी गराएको भए पनि उक्त निकायले यसलाई रोकने प्रयास नगरेकोमा सशस्त्र प्रहरी वल कै केही सुरक्षाकर्मीले आस्चर्य मानेका छन ।
दशगजा देखि निकै वर गाड्दा विवाद हुने भएका हुँदा तत्काल मध्यमारगी बाटो अपनाई उक्त स्थानमा गाड्न अनुमति दिएको सशस्त्र प्रहरी बल रानी बिरामगरका डिएसपी लोकेन्द्र शुब्बा बताउनु।
कालापानीमा राजा महेन्द्र ले केही समय भारतीय सुरक्षाकर्मीलाई बस्ने अनुमति दिएका थिए अहिले हटाउन नेपालले सकेको छैन। कालापानी को भू भाग्य आफ्नो भनेर भारत दावी गरेको छ सोही ्रकारको रुपरेखा देखने गर यहाँ तयार भएको छ।
नेपाल तर्फ बाट उक्त स्थान भारतको मात्र हो भनेर मापन कुन पन्त्र बाट नापीएको हो अब उक्त स्थान बाट भारतीय पक्षले गाडेको झन्डा अन्य नेपाल पक्ष बाट हटाउन सक्छ यो अव हेर्न मात्र बाँकि छ ।
उक्त स्थानमा भारतीय सुरक्षा फोजले स्थाय क्याम्प खादा गरि बस्दै आएको छ। दश्गाजा क्षेत्र बाट भारतीय सुरक्षा कर्मी लाई हटाउने प्रयास किन भइरहेको छैन यस तर्फ नेपाल तर्फ बाट स्पष्ट धरान आउन बाकी छ।