विराटनगर । विराटनगर महानगरपालिका वडा समितिको कार्यालय वार्ड नं. ९ ले गरिब लक्षित कार्यक्रम ल्याएको छ ।
वडामा रहेका गरिब, निमुखा, दलित लक्षित कार्यक्रम ल्याई स्वास्थ्यमा पहुँच पुर्याउने कामको थालनी गरेको छ ।
उनीहरू स्वास्थ्य बिमाभित्र ल्याई स्वास्थ्यमा पहुँच पुगोस् भन्ने वडाले स्वास्थ्य बिमा गरिदिने भएको छ ।
वडा समितिले त्यसको लागि १० लाख रकम विनियोजन गरेको हुँदा गरिब, निमुखा, दलित समुदायले आफ्नो नागरिकताको कागज लिई वडामा सम्पर्क गरेमा उनीहरूको स्वास्थ्य बिमा गरिदिने बताइन्छ ।
वडा समितिले ५ जनाको लागि १ लाखको स्वास्थ्य बिमा गरिदिने र स्वास्थ्य बिमा गर्दा लाग्ने सम्पूर्ण खर्च वडा समितिले व्यहोर्ने कुरा वडा अध्यक्ष विश्वनाथ भगतले बताउनुभयो ।
यसको लागि १० लाख रकम विनियोजन गरिएको कुरा समेत भगतले बताउनुभयो ।








