विराटनगर । खुला सिमानाको कारण हुने गरेको चोरी-पैठारीको कार्यलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेक्का गण टङ्कीसिनवारी निगरानी राख्दै आएको छ ।

उक्त गठको मातहतमा रहेको मोरङ युनिटहरूले पौष महिनामा ४३ लाख २३ हजार ३०५ रुपैयाँ मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ भने ३ लाख जतिको सामान नष्ट गरेको छ ।

यसरी सामान बरामद गरी भन्सार कार्यालय विराटनगर रानीमा बुझाउनेमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी पहिलो नम्बरमा रहेको छ भने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले ३२ लाख ३३ हजार ४९६ रुपैयाँ मुल्य बराबरको सामान भन्सार दाखिला गरेको छ भने सशस्त्र प्रहरी बल नेपाल BOP दरैया विराटनगरले ३ लाख ५७ हजार ५५० मूल्य बराबरको सामान बरामद गरी भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा गुल्म सोराभागले १ लाख ३५ हजार, वरडङ्गाले १ लाख ३२ हजार, सशस्त्र प्रहरी बल नेपाल BOP तरिगामाले १ लाख ३४ हजार, सशस्त्र प्रहरी बल नेपाल BOP डोरियाले १ लाख २९ हजार, BOP जहदा भुटाहाले ७३ हजार, सिक्टीले ३६ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ ।

यसपटक सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी निकै चर्चामा आएको छ । यसले ठुलो मात्रामा औषधि बरामद गरेपछि राजस्व चुहावट नियन्त्रण समिति मोरङको ध्यान समेत यसतर्फ केन्द्रित भएको छ ।

यसलाई नोटिसमा राखी काम गर्ने विषयमा राजस्व चुहावट समिति सहमत भएपछि यसले चर्चा पाएको हो ।

पछिल्लो समय निजी नम्बरका चार चक्के सवारीसाधनले भाडामा मानिस ओसारपसार गर्ने गरेका छन् ।

जोगबनीदेखि विराटनगर प्रवेश गर्ने नाका अन्तर्राष्ट्रिय नाका हो । उक्त नाका भित्रको संवेदनशील मानिने स्थानमा निजी सवारी साधन पार्किङ गरिन्छ । उक्त स्थान भारतीय सवारीसाधनलाई सुविधामा लिउन्जेलसम्म राख्न दिने हो । अन्य नेपाली नम्बरको सवारी साधन राख्न पाइँदैन । यसतर्फ राजस्व चुहावट नियन्त्रण समिति पनि सक्रिय हुनुपर्छ ।

तपाईको प्रतिक्रिया