लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ
विराटनगर। झापाका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका-३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजवंशी रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिए...









