राप्रपाले आन्दोलनलाई जीवन मरणको रुपमा लिने ! विराटनगरमा शक्ति प्रदर्शन गर्ने
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनबाटै अवस्था र व्यवश्था बद्लनको चैत्र २७ गते देखि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
चैत्र २७ गतेको काठमाडौंमा हुने आन्दोलनलाई शसक्त पार्न राप्रपा मोरङले चैत्र १९ गते विराटनगरमा शक्ति प्रदर्शन गर्ने भएको हो । चैत्र १९ गते मोटर साइकल र्याली निकाल्ने र महेन्द्र चोकमा विशाल आम सभा गर्ने भएको छ सो कुराको जानकारी राप्रपा मोरङ अध्यक्ष गोपाल कटुवालल...