मोरङ कारागारका कैदीबन्दी आन्दोलित
विराटनगर । मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर धुब्रप्रसाद कोइरालाले आफुहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान समेत नदिने गरेको उनीहरूले बताएका छन् । सोमबार कारागारका कैदीबन्दीले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलित भएका हुन् ।
उनीहरूले ‘घुसखोर, भ्रष्ट्राचारी, कम...