विराटनगर । निजी अस्पतालहरू सञ्चालनमा आइरहेका छन् ।

विराटनगरकै अधिकांश निजी अस्पतालहरूमध्ये केहीले अनुमति लिएभन्दा बढी बेड राखेर उपचार गराइरहेका छन् ।

यसरी उपचार सेवा प्रदान गर्नेमा ग्रीन क्रस अस्पताल विराटनगर निकै अगाडि रहेको छ ।

१५ वेडको स्विकृति लिई अस्पताल सञ्चालन गरिरहेको यो अस्पतालमा जेनरल वार्ड र क्वाबिन गरी २५ भन्दा बढी बेड राखिएको छ भने आइ.सी.यू. र एन.आइ.सि.यू. पनि राखिएको पाइएको छ ।

अस्पतालको वेड सङ्ख्या ५० सम्म बनाउने र अनुमति लिने सोचाइ अस्पतालको रहेको कुरा अस्पताल निकट एक सूत्रले बताएको छ ।

अहिले ग्रीनक्रस अस्पताल कसरी सञ्चालनमा आइरहेको छ, घरभाडा, कर्माचारी खर्च, स्टाफ, नर्स खर्च कसरी पुर्‍याएको छ । यो अस्पताल सञ्चालकले समेत बताउन सक्ने अवस्था देखिदैन ।

ग्रिनक्रस अस्पताललि नियमनकारी निकायलाई हिसाब-किताब राम्ररी बुझाउन सकेको छैन ।

२०८२ श्रावणदेखि वैशाखसम्म ७५० जनाभन्दा केही बढी बिरामीले OPD सेवा लिएको र अस्पतालमा भर्ना भई उपचार गर्ने बिरामीको सङ्ख्या १७३ रहेको अस्पताल निकट सूत्रले बताएको छ । अस्पतालले मेजर शल्यक्रिया २१ जना, नर्मल शल्यक्रिया १२ जना जतिले गरेको कुरा अस्पताल सूत्रको भनाइ रहेको छ ।

अस्पतालले गरिब, अति विपन्न भएका ११ जना, ज्येष्ठ नागरिक २ जना, अपाङ्ग ३ जनालाई शतप्रतिशत छुट दिएको र उक्त छुट रकम ९५ हजारभन्दा बढी रहेको बताइन्छ ।

आकस्मिक इमरजेन्सीमा १०० भन्दा बढी बिरामी आएको बताइन्छ ।

ग्रिनक्रस अस्पतालले बिरामी ल्याएबापत केही एम्बुलेन्स चालकलाई रकम दिने गरेको कुराले निकै चर्चा पाएको छ । यहाँका अधिकांश निजी अस्पतालले एम्बुलेन्स चालकलाई राम्रो व्यवस्था गर्ने गरेका छन् । तर ग्रिनक्रस अस्पताल कसरी चलेको छ ।

स्विकृति वेड सङ्ख्याभन्दा बढी वेड राखी सरोकारवाला निकायलाई गुमराहमा पार्दै आएको कुरा प्रस्ट हुन आउँछ ।

तपाईको प्रतिक्रिया