
विराटनगर । स्वास्थ्य क्षेत्रलाई मजबुत पार्ने उद्देश्यले कटहरीमा सञ्चालनमा ल्याएको जीवन विकास सामुदायिक अस्पतालले नियमन निकायलाई गुमराहमा राख्दै आएको छ ।
अस्पतालले दिने सेवा अन्तर्गत कतिलाई सेवा दिइयो, अनुमति लिएको वेड सङ्ख्यालाई आधार मान्दै भर्ना भएका मध्ये कतिलाई उपचारमा छुट दिइएको छ सो विषयलाई अस्पतालले बाहिर ल्याएको छन ।
यो अस्पताल स्थापन भई सञ्चालनमा आएको लगभग २ वर्ष पुग्न लाग्यो तर कटहरी गाउँपालिक कार्यालयको स्वास्थ्य शाखामा बुझाउनुपर्ने तथ्याङ्क बुझाएको छैन ।
कटहरी गाउँपालिका स्वास्थ्य शाखाका सुकल शाहले जीवन विकास सामुदायिक अस्पतालले गाउँपालिका स्वास्थ्य शाखामा मासिक रिपोट गर्नुपर्नेमा रिपोट गरेको छैन । रिपोट अन्य कहाँ गरेको छ आफैँलाई थाहा छैन भन्न्भयो ।
कटहरी गाउँपालिका भित्र खोलिएको अस्पतालमध्ये यो ठूलो अस्पताल हो तर उक्त अस्पतालको बारेमा कटहरी गाउँपालिकालाई कानुनी र वैधानिक रूपमा थाहा नहुनुलाई सबैले आश्चर्य मान्दै आएका छन् ।
जीवन विकास सामुदायिक अस्पताल प्रशासन शाखाको अनिता गच्छदारसँग “अस्पतालको प्रगति विवरण कटहरी गाउँपालिका कार्यालयमा बुझाएको छैन । अस्पतालमा निको हुने बिरामीभन्दा मृत्यु हुने धेरै छन्” भनी जिज्ञासा राख्दा “कटहरी गाउँपालिकाका कार्यालयको स्वास्थ्य शाखामा रिपोट बुझाएको छैनौँ” भन्नुभयो ।
“२०० बेडको अनुमति प्राप्त अस्पताल हो । यहाँ मृत्यु हुनेको सङ्ख्या अत्यधिक होइन २ जना भने उपचारको क्रममा मरेका हुन्” भन्नुभयो । अस्पतालमा ओपिडीमा आउने बिरामी सङ्ख्या भर्ना भएका बिरामी सङ्ख्या पूर्णकालीन छन् । आंशिक छुट अपाङ्ग छुट, गरिब निमुखालाई छुट लगायतको विषयमा उहाँले बताउनु भएन । अस्पतालमा कार्यरत नर्समध्ये ५०% ले अस्पताल छोडिसक्नुभएको कुरा अस्पताल निकट सूत्रले बताएको छ ।
अस्पतालमा धेरै सेवा दिने भनिन्छ तर अस्पतालमा पूर्णकालीन चिकित्साभन्दा बढी कल चिकित्सा रहेका छन् ।
बिरामी आएपछि चिकित्सकलाई बोलाउने गरिन्छ । जबकि चिकित्सकलाई बोलाएर चिकित्सक अस्पतालमा आउँदासम्म बिरामीको अवस्था नाजुक हुने गरेको र ठिक भइहाल्छ भन्दै बिरामीलाई राख्ने गरेको अस्पताल निकट सूत्रले बताएको छ ।
अस्पतालमा रहेको क्यानटिङमा भर्ना भएका बिरामीलाई उपलब्ध गराइने खाना कस्तो छ भनेर कसले हेर्ने । अस्पतालले खाद्य विज्ञ राखेका छ ? यसतर्फ अस्पतालका कसैलाई थाहा छैन । अस्पतालमा खाद्य विज्ञ नरहेको अस्पताल निकट सूत्रले बताएको छ ।





