विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङले स्वयम् र सो मातहतका युनियहरूले सीम सुरक्षा एवम् चोरी पैठारी न्यूनिकरणतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङले असार महिनामा मात्र ४२ लाख ३४ हजार ९८२ मूल्य बराबरको सामान मोरङ जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको थियो । सोही महिनामा ३ लाख २६ हजारभन्दा बढी सामान नष्ट गरेको थियो ।

असार महिनामा उक्त निकायको मातहतको युनिटले ४३ लाख ८ हजार ७७७ मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय रानीमा बुझाएको थियो भने १२ लाखभन्दा बढीको सामान नष्ट गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङको मातहतको युनिटमध्ये सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी विराटनगरले असार महिनामा १९ लाख ९३ हजार ५७० मूल्य बराबरको सामान भन्सार दाखिला गरेको थियो भने १ लाख ७७ हजार मूल्य बराबरको सामान नष्ट गरेको बताइन्छ ।

उक्त महिनामा ६ लाख २३ हजार ३५० अबैध नोटसहित ३ जना व्यक्तिलाई नियन्त्रणमा, १ थान कटुवा पेस्तोलसहित १ जना व्यक्ति नियन्त्रण साथ लागुऔषधसहित १ जना व्यक्ति नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको थियो ।

असार महिनामा सशस्त्र प्रहरी बल नेपाल वीओपी दरैया विराटनगरले २ लाख बढीको सामान बरामद गरी भन्सारमा दाखिला र २ लाखभन्दा बढीको सामान नष्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया