विराटनगर । सशस्त्र प्रहरी बल नेपालले मोरङबाट एकै दिन ठूलो परिणामको सामान नियन्त्रणमा लिएको छ ।

यसरी नियन्त्रणमा लिएको सामानमध्ये सिटी सवारी, स्कुटर, व्यक्तिसहित १४ लाख ८६ हजार ४८० मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा कंकालीनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली सिटी सवारीमा लोड गरी ल्याउँदै कपडा ३ लाख ५० हजार मूल्य बराबरको र बिल बिजक बिना करियरद्वारा पठाउन तयार गरिएको अवस्थामा सत्ता कपडा, कस्मेटिकका सामानहरू ५ लाख ८० हजार २८० बराबरको सामान नियन्त्रणमा लिएको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी विराटनगरले विभिन्न स्थानबाट ५ लाख ५२ हजार ४६० मूल्य बरारबको सामान नियन्त्रणमा लिएको थियो ।

यसरी लिएको सामानहरू औषधि, कागती आदि रहेको छ ।

उक्त सामान श्रावण ४ गते वरामद गरेको हो । उक्त सामान भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया