विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरलाई आर्थिक २०८२/०८३ मा राजस्व उठाउने गरी लक्ष्य तोकिएकोमा लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।

आर्थिक वर्ष २०८२/०८३ मा १२ अर्व १० करोड २९ लाखभन्दा बढी राजस्व उठाउनुपर्ने गरी विभिन्न शीर्षकमा लक्ष्य तोकेकोमा तोके अनुसार राजस्व नउठेको आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले बताउनुभयो ।

जसमा आयकर तर्फ ४ अर्ब ९९ करोड २२ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ४ अर्ब ७ करोड २५ लाख राजस्व उठेको छ ।

मुअकरतर्फ २ अर्ब ८८ करोड ८४ लाख लक्ष्य तोकेकोमा २ अर्ब ५६ करोड ८७ लाख राजस्व उठेको छ भने अन्तशुल्कतर्फ ३ अर्ब ६० करोड ३५ लाख राजस्व उठाउने लक्ष्य तोकेकोमा ३ अर्ब १५ करोड १० लाख राजस्व उठेको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले आव २०८१/०८२ मा १० अर्ब ७० करोड ८५ लाख राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोमा ९ अर्ब ६१ करोड ६ लाख राजस्व उठेको थियो ।

तपाईको प्रतिक्रिया