राजतन्त्रको पक्षमा राजावादी सडकमा
विराटनगर । श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवसको दिन विराटनगर पृथ्वीमय बनेको थियो ।
लामो प्रयास एवम् दबाबपछि पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिन सरकारले घोषणा गरे पनि पृथ्वीनारायण शाहलाई स्वीकार गर्न सकेको थिएन ।
यस पटक कोसी प्रदेश सभाका सभामुखको विशेष पहलमा कोसी सभा भवनको आँगनमा पृथ्वी जयन्ती मनाएर सभामुख अमर...









