चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी गर्नेलाई कार्वाही गर्न माग
सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी र गाउँपालिका अध्यक्ष राजकुुमार महतोको निजि निवासमा ढुङ्गामुढा भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नं. २ मा रहेको चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले चन्द्रनगर गाँउ कार्यपालिकाको कार्यालयको सार्वजनिक सम्पति माथि ढुङ्गामुढा, आगजनी गरिे क्षति पुर्याएको तथा कार्यालय सहयोगी माथि हातपात गरी कार्यालय भित्र थुनी ताल्चा लगाएको भन्द...