राजनीति आडमा कब्जा गरेको जग्गामा पालिकाको डोजर चल्यो
देवानगञ्ज । सुनसरीको देवानगञ्जमा प्रशासन उपस्थित बिना नै डोजर चलेको छ। देवानगञ्ज गाउँ पालिका वडा नम्बर २ मा रहेको देवानगञ्ज बजारको अतिक्रमण गरेको जग्गामा शुक्रबार प्रशासन उपस्थित बिना नै डोजर चलेको हो।
देवानगञ्ज बजारको जग्गामा केहि सथानीयहरुले राजनीति आडमा लामो समय देखि अतिक्रमण गरि घर टहरा बनाएको थियो। उक्त अतिक्रमण जग्गा खाली गर्न पालिकाले पटक पटक सूचना जारी गर्दा पनि खाली गरेन। खाली गर्नु भन्द...








