पारस अस्पताल मापदण्ड विपरीतः सरोकारवाला निकाय निरीह
विराटनगर । मोरङमा सञ्चालित स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन गर्न अपनाउनुपर्ने प्रावधानलाई धोती लगाइदिएको छ ।
मापदण्ड विपरीत स्वास्थ्य संस्था सञ्चालन गर्नेमा विराटनगरमा रहेको पारस अस्पताल निकै अगाडि रहेको छ ।
उक्त अस्पताल जहाँ सञ्चालनमा छ उक्त भवनलाई हेर्ने हो भने अस्पताल सञ्चालन गर्ने निकायले द्रव्य मोहमा परेर अस्पताल सञ्चालनको लागि अनुमति दिएको त होइन...








