विराटनगर । फ्रिमा पाएमा अलकत्रा खाएर मट्टितेलले कुल्ला गर्न पछि नपर्ने हाम्रै समाजको उत्पादनके रूपमा कोशी प्रदेश सरकार देखिएको छ । सङ्घीयता आएपछि राजाको पालामा बनाइएका सरकारी कार्यालय भवन र संस्थानलाई गुरिल्ला शैलीमा कब्जा गरे पनि उक्त कब्जा गरेको भवन एवम् त्यहाँ रहेको भौतिक संरचनालाई कोशी प्रदेश सरकारले संरक्षण गर्न सकेको छैन ।
कोरोनाको महामारी फैलिएको बेला विराटनगरमा रहेको नेशनल ट्रेडिङ लि.को भवनलाई कब्जामा लिई कोभिड अस्पताल कोशी प्रदेश सरकारको सहयोगमा बनाएको थियो । उक्त भवनलाई व्यवस्थित गर्दै थप भवन बनाई विभिन्न उपकरण एम्बुलेन्सको व्यवस्था गरे पनि कोशी प्रदेश सरकारले पछिल्लो समय त्यसलाई व्यवस्थित गर्न नसक्दा माथिको उखानले सार्थकता पाउन थालेको छ ।
कोरोनाको महामारी अन्त्य भएपछि उक्त कोभिड अस्पताललाई सरुवा रोग केन्द्रको रूपमा नामकरण गरी सञ्चालन भइरहेको अवस्थामा मुख्यमन्त्री समेत रहनुभएका केदार कार्कीले शैलजा आचार्य हृदय रोग केन्द्रको साइनबोर्ड टाँसेर उद्‌घाटन गर्दै सञ्चालन गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका कार्कीले उक्त अस्पतालको अनुमति नलिइकन उद्‌घाटन गर्नुभएको थियो ।

उक्त उक्त शैलजा आचार्य हृदय रोग केन्द्र मसानघाटको रूपमा देखिन थालेको छ । विगतमा उक्त कोभिड अस्पताललाई उपलब्ध भएको एम्बुलेन्समध्ये ३ वटा एम्बुलेन्स कोमामा पुगेको छ । शैलजा आचार्य हृदय रोग केन्द्र रहेको उक्त जग्गा र उक्त जग्गामा राखिएको एम्बुलेन्स र एम्बुलेन्सको मुख हेर्ना उक्त एम्बुलेन्स मृत अवस्थामा रहेको देखिन्छ ।
यो बाहिरबाट देखिएको एउटा अलौकिक नमुना मात्र हो । सरकार एवम् स्थानीय व्यापारीको सहयोगमा विराटनगर जुट मिलको जग्गामा बनाएको कोभिड होल्डिङ सेन्टरको अवस्था पनि कहाली लाग्दो छ । कोशी प्रदेश सरकारले बिरामीलाई उपचार गर्न बनाएको अस्पताल आफैँ कोमामा रहेको हुँदा कोशी प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति होइन आफैँले निर्देशिका तयार गरी बनाइएको अस्पताल (जो कोमामा छ) लाई उपचार गरी निको पार्नु जरुरी छ ।
विराटनगरमा नाम चलेको कृष्णप्रसाद कोइरालाको घर जो कोशी अस्पताल अगाडि छ त्यहाँ नेपाली काँग्रेसका धेरै नेता प्रवेश गरे तर कोशी अस्पताललाई वयवस्थित गर्नेतर्फ ध्यान दिएका छैनन् ।
शैलजा आचार्य हृदय रोग केन्द्र निकै पर छ, त्यहाँ ध्यान दिन नसक्नुलाई विराटनगरबासीले नौलो मानेका छैनन् ।
विराटनगर कोइराला निवास कस्तो छ मानिस हेर्न आउँछन् । वि.पि. कोइराला, मातृका प्र. कोइराला, नगेन्द्र प्र. रिजाल, कीर्तिनिधि विष्ट, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनिसक्नुभएको छ ।
उहाँहरू यो संसारमा हुनुहुन्न तर कोशी अस्पतालले मुहार फेर्न सकेको छैन । यसलाई हेर्दा मोरङबाट प्रतिनिधित्व गर्ने व्यक्ति नै मोरङप्रति जवाफदेही देखिएका थिएनन् ।

तपाईको प्रतिक्रिया