विराटनगर । विराटनगर महानगरपालिका भित्र जडान गरी सोलारबाट दिएको उज्यालो क्रमशः अन्धकारमय बन्दै गएको छ ।

सुरुमा विराटनगर महानगरपालिका वार्ड नं. १ र ३ को बिचमा सोलार बत्ती जडान गरी विराटनगर पानीट्याङ्कीदेखि पुष्पलालचोकसम्म उज्यालो ल्याउने काम भए पनि पछिल्लो केही महिनादेखि अन्धकारमय बनेको छ ।

विदेश गएर विदेशको नक्कल गर्दै काम गर्ने परम्पराको कारण सोलार बत्तीमा जडान गरिएको ब्याट्री महानगरपालिकालाई समस्या बन्ने भएको छ ।

उक्त सोलार बत्तीको व्याट्री अरू ब्याट्रीजस्तो हुँदैन । अरू घरमा जडान गरिने इन्भर्टरको ब्याट्रीमा पानी हालिन्छ र त्यसलाई जिवन्त दिइन्छ तर सोलार बत्तीमा प्रयोग भएको ब्याट्रीलाई पुनः पानी हालेर जीवनदान दिन नसकिने कुरा जानकारहरू बताउँछन् ।

सोलास ब्याट्री निकै हानिकारक हुन्छ । यसको अवधि समाप्त भएपछि त्यसलाई व्यवस्थापन गर्दा बुद्धि पुर्‍याइएन भने त्यसले ठुलो हानि पुर्‍याउने कुरा जानकारहरूले बताएका छन् ।

बुद्धचोकदेखि पुष्पलालचोकसम्म अर्को तर सोलार बत्ती जडान गरेको माथिबाट तार लगेर बलमा हाली विद्युत आपूर्ति गरिएको छ ।

केही स्थानमा सोलार ब्याट्रीसमेत चोरी भइरहेको छ । अन्य स्थानमा जडान गरिएको सोलार बत्तीले प्रकाश दिन छोडेको छ । सोलार बत्ती बल्छ छोडेपछि विराटनगरको सौन्दर्य नै हराउँदै गएको छ ।

ठुलो लगानीमा जडान गरिएको सोलास बत्तीको पोल अन्य तार लगाएर बत्ती बाल्नुको विकल्प देखिँदैन ।

सोलास बत्तीबाट उज्यालो हुन छोडेपछि यसलाई व्यवस्थित गर्दै महानगरपालिकालाई अन्धकारबाट मुक्त गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया