विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको भवन भाडामा लगाउँदा भाडा लिनेहरू मारमा पर्ने गरेका छन् ।

विराटनगर महानगरपालिका वार्ड नं. ९ मा रहेको ‘C’ प्लटको भवन उपभोक्ता समितिमार्फत भाडामा लगाउने ठेक्का दिए पनि उक्त उपभोक्ता समितिलाई अहिले निल्नु न ओकल्नु भएको छ ।

‘C’ प्लट उपभोक्ता समितिलाई जिम्मा दिई उपभोक्ता समितिमार्फत प्रत्येक महिनाको १३ लाख नगद, घर बहाल कर १५% लिँदै आएको छ । उक्त ‘C’ प्लटमा दुई दर्जनभन्दा बढी कोठाहरू छन् । विगत वर्षदेखि विराटनगर-९ वडा समिति कार्यालयले ६ वटा कोठा प्रयोग गरे पनि उक्त कोठा समेतको रकम र घर बहाल कर असुल गर्दै आएको थियो ।

उपभोक्ता समितिले महानगरपालिकाले प्रयोग गरेको कोठाको भाडा तिर्नुपर्ने माग राखे पनि महानगरपालिकाले ध्यान नदिँदा उपभोक्ता समिति मारमा परेको थियो ।

समितिको कार्यालय घोघापुलचोकमा सरे पनि विगतमा उसले प्रयोग गरेको कोठाको भाडाको रकम अहिलेसम्म महानगरपालिकाले उपलब्ध गराएको छैन ।

प्रत्येक वर्ष २० प्रतिशतका दरले घर भाडा बढाउने भनेर भने पनि महानगरपालिकाले ४० प्रतिशत वृद्धि गरेको छ ।

आ.व. २०८२/०८३ मा १३ लाख बुझाउनुपर्छ, घर बहाल कर अलग्गै उपभोक्ता समितिले तर ६ वर्षदेखि महानगरपालिका वडा नं. ९ वडा समितिले प्रयोग गरेको कोठाको रकम मिलान गर्न आग्रह गरे पनि ध्यान दिएको छैन ।

यसरी विराटनगर महानगरपालिकाले ‘C’ प्लट उपभोक्ता समितिलाई बाध्य पारेर आफ्नो उद्देश्य पूरा गर्दै आएको छ ।

कोठा भाडामा लिने नै उपभोक्ता समितिमा छन् । विरोध गरौँ कोठा खाली गर भन्ला भन्ने डर, त्यही भएर डरलाई अमृत सम्झँदै उपभोक्ता समिति अगाडि बढेको छ ।

तपाईको प्रतिक्रिया