विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरी अन्तर्गतको निकायहरू अवैध तरिकाले सामान ल्याउनेलाई निरुत्साहित पार्दै आएको छ ।

उक्त ४ नं. गण हेक्का सुनसरी स्वयम् र उक्त मातहतको युनिटहरूले गरी ३६ लाख ८६ हजार २४९ रुपैयाँ मूल्य बराबरको सामानहरू नियन्त्रण लिई आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।

उक्त मूल्य बराबरको सामानहरू कार्तिक महिनामा मात्र बुझाएको हो ।

उक्त महिनामा कार्यालय स्वयम्‌ले ७ लाख भन्दा बढीको सामान बुझाएको छ भने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म हरिपुर सुनसरीले ७ लाख १८ हजार, वि.ओ.पी. लौकही सुनसरीले ६ लाख १७ हजार, वि.ओ.पी. साहेबगञ्जले २ लाख ८२ हजार, वि.ओ.पी. अमडुवाले २ लाख १६ हजार, वि.ओ.पी. वसन्तपुरले २ लाख २५ हजार भन्दा बढी मूल्य बराबरको सामान भन्सार कार्यालयमा बुझाउको छ । यसै गरी सशस्त्र प्रहरी बल नेपाल गुल्म कप्तानगञ्जले २ लाख ५४ हजार, वि.ओ.पी. घुस्कीले १ लाख ६१ हजार, वि.ओ.पी. हवौनीले ३४ हजारभन्दा बढी मूल्यको सामान बुझाएको छ ।

यसरी नै वि.ओ.पी. उल्टीले १ लाख ९३ हजार, वेश क्याम्प दुहबीले १ लाख ९८ हजार, वि.ओ.पी. श्रीपुरले ५० हजार मूल्य बराबरको सामान बुझाएको छ ।

यसरी बुझाएको सामानहरू कपडा, खाद्यान्न लगायत अन्य वस्तु रहेका छन् ।  

तपाईको प्रतिक्रिया