विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशले १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाएको छ ।
नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश नेपाल पत्रकार महासङ्घ मोरङ, विभिन्न राजनीतिक दलका शुभेच्छुक संस्था (पत्रकार) को उपस्थितिमा उक्त दिवस मनाएको छ ।
गणतन्त्र आएपछि शेरधन राई सङ्घीय सूचना तथा सञ्चार मन्त्री हुँदा वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको हुँदा सोही दिनलाई नेपाली पत्रकारिताको इतिहास भएको सङ्केत गर्ने इतिहासलाई मेटाउन काम भएको छ ।
गोरखापत्रको इतिहास १२५ वर्षको छ । मोरङमै प्रकाशित छहारी पत्रिकाको इतिहास ७३ वर्ष पुरानो छ । राष्ट्रिय समाचार समितिको इतिहास ५० वर्ष बढी छ तर गणतान्त्रिक सरकारले नेपालको पत्रकारिताको इतिहास १० वर्ष भएको पुष्टि गरेको छ ।
इतिहासलाई भेट्टाउने प्रयास भइरहेको छ । कोसी प्रदेश सरकारले राजनीतिक दलका शुभेच्छुक सञ्चार संस्थालाई सहयोग गरिरहेको छ । त्यही भएर इतिहास मेटाउँदा पनि हामी मौन छौ किन ?
वर्षको ४/५ लाख पाउने लोभले हामी आफ्नो इतिहासलाई आफ्नै कलमले मेटाइरहेका छौँ । मञ्च पाएमा राजाको पालमा बोल्न, लेख्न पाइँदैन भनिरहेका हुन्छौँ ।
तर गणतन्त्र आएपछि हामीले बोल्न पाएका छौँ, लेख्न पाएका छौँ भनी रहेछौँ तर इतिहास मेटाउँदा हामी किन मौन छौँ, कतै रकमको लोभमा परेर त होइन, यसतर्फ हामीले आवाज उठाउनुपर्ने बेला भएको छ ।
हामी दलको इसारामा हिँड्ने पत्रकार हौँ भनेर दलका नेताको भजन गाउँदा हुन्छ, होइन भने पत्रकारिताको इतिहासलाई खुम्च्याउने विरुद्ध आ-आफ्नो तहबाट आवाज उठाउनुपर्छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र खतरामा पर्यो लोकतन्त्र विरुद्ध सामाजिक सञ्जालमा आवाज उठ्यो, पत्रकारले लोकतन्त्रको पक्षमा खम्बा भएर उभिनुपर्ने आशय प्रकट गर्नुभयो ।
गणतन्त्र आएपछि इतिहास मेटाउन दलका नेता र मन्त्रीहरू खुला रूपमा करोडौँ हान्दिएको भन्ने सांसदहरू, जनता पत्याउन नसक्ने कुरा बोल्ने नेताहरू, आफ्ना नातेदार, कार्यकर्तालाई विभिन्न पद सिर्जना गरी भर्ना गर्ने मन्त्रीहरू अनि उनीहरूको गल्तीलाई अमृत मानेर खाइदिनुपर्ने नेपाली पत्रकारले नेपाली जनताले ।
दल विशेष पत्रकारले गणतन्त्रको पक्षमा बोलिदिएका हुन्, समाचार प्रकाशन गरिदिएकै छन् तर नेपाली जनताले पत्याएका छैनन् ।
दलका नेताले नेपालीले पत्याउने खालको काम गरेमा मन्त्री भण्डारीले लोकतन्त्र खतरामा छ, पार्ने काम सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोग कर्ताबाट भइरहेको छ भनेर दुखेसो गर्नुपर्ने थिएन ।
नेपाली जनता नेपाली पत्रकारहरू इतिहास मेटाउनेको पक्षमा छैनन्, यो गणतन्त्रवादीले बुझ्नु जरुरी छ ।
यो ऊ बहानामा इतिहास भेट्न पाइँदैन । जसले आफ्नो इतिहास मेटाउँदा मौन बस्छ, उसले अरूको इतिहासको बारेमा टीकाटिप्पणी गर्न हुँदैन ।
नेपाल पत्रकार महासङ्घको स्थापना कहिले भयो यो कुरा हामीले बुझ्नुपर्छ सरकारले भनेकै कुरालाई मान्नु हुँदैन ।