विराटनगर । भारतीय नम्बर प्लेटको सवारी साधनलाई तोकिएको मापदण्डअनुसार नेपालमा प्रयोग गर्न दिने गरिएको छ ।

नेपाल-भारत सीमा नाका जोगबनीमा नेपाल आउने भारतीय सवारीसाधनको हकमा विराटनगर भित्र सञ्चालन गरी सोही दिन फर्किनेलाई सुविधा काटेर अनुमति दिने र विराटनगर बाहिर जाने सवारीसाधनलाई राजस्व लिई बढीमा ३ दिनसम्म राख्न पाइने गरी विराटनगर भन्सार कार्यालयले अनुमति दिँदै आएको छ ।

भारतीय सवारी साधनलाई सुविधा निस्सा दिन सवारीसाधन छ छैन कागजपत्र ठिक छ छैन भनेर राम्रोसँग हेर्ने र कागजको प्रक्रिया पुगेमा अनुमति दिने काम यात्रु शाखाबाट भइरहेको छ ।

निर्धारित मितिमा फर्कन नसक्ने भएमा पुनः समय थप्न सक्ने तर सवारीसाधन ल्याउनुपर्ने प्रावधान राखेको सोही अनुसार समय थप गर्ने कामलाई कर्मचारीबाट निरन्तरता दिने काम भइरहेको छ ।

भारतीय नम्बर प्लेटको सवारी साधन नभए पनि सुविधाको कागजपत्र लिने व्यक्तिले प्रयास गरे पनि भन्सारका कर्मचारीले असफल पारिदिएका छन् ।

उक्त व्यक्तिले कागजपत्र देखाई सुविधा लिन खोजेकोमा असफल भएपछि एक सञ्चारकर्मीलाई प्रयोग गरेको कुरा त्यहाँ रहेका सहजकर्ता गजेन्द्रबहादुर थापाले बताउनुभयो ।

सवारीसाधन बिना सुविधा कटाउनको लागि सञ्चारकर्मीको प्रयास असफल भएको छ । यसरी सवारी साधन बिना सुविधा काट्ने म्याद थप गराउने तर्फ केही सञ्चारकर्मी लागेको कुरा थापाले बताएका छन् ।

सवारीसाधन बिना सवारी साधन जोगबनीबाट विराटनगर प्रवेश गरेको छ भनेर प्रमाण दिलाउनेतर्फ एक सञ्चारकर्मी किन लागेका हुन् यसतर्फ त्यहाँ कार्यरत कर्मचारी नै अन्योलमा परेका छन् ।

सवारी साधन बिना नेपालतर्फ भारतीय सवारीसाधन छ भनेर देखाउन खोज्नु ठिक होइन थापाको कथन छ ।

यात्रु शाखाका कर्मचारीले कागजपत्र चुस्त दुरुस्त भएमा र सवारीसाधन भएमा सुविधाको लागि प्रक्रिया अगाडि बढाउने गरेको थापाको कथन थियो ।

तपाईको प्रतिक्रिया