विराटनगर । अवैध बाटो प्रयोग गरी चोरी पैठारी गर्ने कार्यलाई निरुत्साहित पार्न सशस्त्र प्रहरी नेपाल टङ्कीसिनवारी मोरङको युनिट सक्रिय पूर्वक लागेको छ ।

सशस्त्र प्रहरी बलले नेपाल ३ नं. गण हेक्का टङ्कीसिनवारी मातहतको युनिटमध्ये प्रस्तावित सीमा सुरक्षा गुल्म रानी चोरी पैठारी नियन्त्रण गर्न अगाडि देखिएको छ । उक्त गुल्मले भदौ महिलामा ३४ लाख ४१ हजार २४२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको थियो ।

बिओपी दरैयाले १ लाख ८३ हजार ४ सय, बिओपी जहदा भुटाहाले ३ लाख ४२ हजार ४ सय, बिओपी सिक्टीले १ लाख ३२ हजार ५ सय मूल्य बराबरको सामान नियन्त्रण लिई भन्सार कार्यालय रानीमा बुझाएको थियो ।

मधेस गुल्म सलकपुरले १ लाख २५ हजार ३ सय सबभन्दा कम बिओपी तरिगामाले ५ हजार ५ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो ।

अन्य बुझाउनेमा प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागले २२ हजार ६ सय प्रस्तावित सीमा सुरक्षा गुल्म वरडगाले १८ हजार, बिओपी रङ्गेलीले ५६ हजार मूल्य बराबरको सामान बुझाइएको थियो ।

भदौ महिनामा अवैध तरिकाबाट सामान ओसारपसार नहुने पोस्ट पनि रहेका छन् । धनापट्टी र डोरिया रहेका छन् । भदौ महिनामा ४२ लाख ९९ हजार ४ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया