सनातन धर्म सेवा समिति मोरङ द्वारा आज असोज ३० गते विराटनगरमा आयोजित एक समारोहका बीच विद्वत व्यक्तित्व श्री पुरुषोत्तम भट्टराई( सुनसरी धरान)लाई “सनातन धर्म संस्कृति सम्मान २०८२”अर्पण गरियो ।
सम्मान ग्रहण गर्दै पिण्डेश्वर संस्कृत महाविद्यालय पूर्व प्राचार्य श्री भट्टराईले वैदिक सनातन धर्मले सबैलाई आदर्शको बाटोमा हिँड्न मार्गदर्शन गर्ने गरेको बताउनुभयो ।

शुभ दीपावली तथा छठ पर्वको उपलक्षमा आयोजित उक्त समारोहका प्रमुख अतिथि साहित्यकार डा. गोपाल भण्डारीले सनातन धर्म सेवा समिति मोरङ वैदिक सनातन संस्कृतिको उत्थानका लागि विगत पाँच दशक अघि देखि निरन्तर सक्रिय भइरहेको बताउनुभयो ।

समारोहका सभापति एवम् सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष कविराज न्यौपानेले  वैदिक धर्म संस्कारको प्रवर्द्धनमा शिक्षासेवी पुरुषोत्तम भट्टराईको योगदान उल्लेखनीय रहेको बताउनुभयो । 

उक्त सभाको सञ्चालन कार्यक्रम आयोजक समितिका संयोजक गोकुल अधिकारीले गर्नुभएको थियो भने समिति सचिव प.माधव प्रसाद काफ्ले’ कोषाध्यक्ष शिरोमणि भट्टराई, सदस्य प्रकाशदत्त भट्टराई र पुष्पलता कोइरालाले समितिको तर्फबाट उहाँको पूजन सम्मान गर्नुभएको थियो ।

उक्त समारोहमा डा. भारत भट्टराई, डा.चन्द्रमणि नेपाल, डा. मेदिनी प्रसाद शर्मा, डा. चक्रपाणि खनाल, कृष्ण भण्डारी मार्सेली, बाबुराम न्यौपाने, गङ्गा सुवेदी सुरेश कुमार शर्मा, बलराम पोखरेल, रामचन्द्र गौतम र प. भवानी शङ्कर निरौलाले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया