नेपाली जनताहरू पछिल्लो समय दुई वर्गमा विभाजित बनेका छन् ।

एउटा गणतन्त्रको पक्षमा छन् अर्को राजसंस्थाको पक्षमा छन् ।

जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाइरहेका छन् । यही दिनलाई कालो दिनको रूपमा मनाइरहेका छन् । जुन कुरा सबैले देखिसकेका छन् ।

गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल सरकारको तर्फबाट नेपाली टेलिकमले सन्देश प्रवाह गरेको छ ।

उक्त सन्देशमा गणतन्त्र प्राप्तिपछिको उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नत मार्गको बाटोमा डोर्‍याउन भनेर सन्देश दिएको छ ।

गणतन्त्र प्राप्तिपछिको उपलब्धि भनेको पञ्चायती व्यवस्थाको समयमा मण्डले भनेर आरोप लगाउने शब्दलाई संस्थागत गर्नु हो । मण्डले भनेको सत्तामा बसेको पक्षमा वकालत गर्नु सत्ताको आडमा ताण्डव नृत्य प्रदर्शन गर्नु हो । यसलाई नेपाली जनताले स्वीकार गर्दैनन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वको समयमा आफूले १७ हजार मानिस मारेको लगत हो । ७ हजार मानिस मारेको जिम्मा लिन्छु भन्दा मौन रहने व्यवस्था र प्रणालीलाई नेपालीले स्वीकार गर्दैनन् ।

गोकुल वास्कोटाले ७५ करोड खाइदिएको भनिरहेका छन् । नेपाली काङ्ग्रेसका शशाङ्क कोइरालाले भ्रष्टाचार गर्नुपर्छ हामीले गरेका छौँ, धेरै गर्नु हुँदैन थोरै थोरै गर्नुपर्छ भन्ने व्यवस्थालाई नेपाली जनताले स्वीकार गर्दैनन् ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले ज्येष्ठ १५ गते १० बजेदेखि २ बजेसम्म एमालेले काठमाडौँलाई कब्जा गर्नुपर्छ अरूले कार्यक्रम गर्न पाउनु हुँदैन भने । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले १० देखि सवा २ बजेसम्म काठमाडौँ एमालेको कब्जामा हुन्छ सवा २ बजेपछि सर्वसाधारण र अन्यलाई प्रयोग गर्न दिने भनेर उर्दी जारी गर्ने व्यवस्था जनताले खोजेका होइनन् ।

गणतन्त्रको उपलब्धमा सुनसरीमा निकालिएको र्‍यालीमा कर्मचारी २५ जना प्रहरी, प्रशासन, सशस्त्र प्रहरी गरी जम्मा १०० भन्दा बढी थिए । प्रदेश सरकारले बिहान ६.३० बजेदेखि विराटनगर रोडशेष चोकबाट र्‍याली निकाली महेन्द्र चोकमा समापन गरियो । त्यहाँ कर्मचारी, कानुन व्यवसायी, सुरक्षाकर्मी, मन्त्री, सशस्त्र गरी २०० भन्दा बढीको सहभागिता थियो ।

गणतन्त्रपछि दलीय भागबन्डामा राजनीतिक नियुक्ति, पुरस्कार वितरण, लेखन वृद्धि वा कुनै कार्यक्रम वितरण गरिएको छ ।

सत्ता साझेदार दल र तिनका वर्गीय सङ्गठनलाई काखी च्यापेर योग्यता क्षमता भन्दा पार्टीलाई सहयोग गर्नेलाई स्थान दिने, अवसर दिने, घुमाउरो पारामा रकम उपलब्ध गराउने व्यवस्था जनताले खोजेका होइनन् ।

तसर्थ मुलुकमा अवस्था परिवर्तन भएको छ । मण्डले प्रवृत्तिका व्यक्तिहरूको तर आम जनताको अवस्थामा सुधार छैनन् ।

कसैको इच्छा पूरा गर्न ल्याइएको गणतन्त्रलाई संस्थागत गर्नु हुँदैन । व्यवस्था आफैँमा खराब हुँदैन । पञ्चायती व्यवस्था पनि खराब थिए, बहुदलीय व्यवस्था पनि खराब थिए । मुलुकको विकासको लागि दल विहीन व्यवस्था चाहिन्छ । प्रदेश खारेजी, सङ्घ र स्थानीय तह भए पुग्छ तर परिवर्तन आवश्यक छ । परिवर्तनको लागि हातेमालो गरौँ ।

तपाईको प्रतिक्रिया