विराटनगर । मोरङ नाम हुनुभन्दा अगाडि मोरङ नाम थियो । मोरङको सदरमुकाम रङ्गेली थियो । पछि राजनीतिक घटनाक्रमले गर्दा मोरङको सदरमुकाम विराटनगर सारिएको थियो ।

तर अहिले विराटनगरको विकास हुन सकेन तर रङ्गेलीको विकास भएको छ । यसलाई हेर्दा विराटनगरवासीले विराटनगरले धेरै प्रधानमन्त्री जन्माएको छ, विराटनगर औद्योगिक नगरी थियो भन्न बाहेक हामीले गौरव गर्न सक्ने अवस्था रहेन ।

विराटनगरबाट देशको शासन गर्ने व्यक्ति निकै नेतृत्वमा पुगेका थिए । आधा दर्जनको हाराहारीमा विराटनगरले प्रधानमन्त्री दिएको छ तर विराटनगरको मुहार फेरिएको छैन ।

विराटनगरबाट बि.पी. कोइराला, मातृकाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा (जसलाई आधा विराटनगरवासी भनिन्छ), गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभयो । तर विराटनगरको समग्र विकास हुन सकेन । २०४६ सालपछि त विराटनगरको इतिहास एउटा इतिहासको कालखण्डमा सीमित बनेको छ ।

सूर्यबहादुर थापा आधा धनकुटावासी हुनुहुन्थ्यो । इतिहास साक्षी छ धनकुटालाई धनकुटा बनाउने काम सूर्यबहादुर थापाले गरेका थिए । यसलाई पूर्वको बासिन्दा भनेर कसैले पनि नकार्न सक्दैनन् ।

विराटनगरमा रघुपति जुट मिल, विराटनगर जुट मिल, विराटनगर सुगम मिल, अशोक टेक्सटायल, शाह उद्योग, जुद्ध मैच फ्याक्ट्री, बटम फ्याक्ट्री, जे.डी. गार्मेन्ट, धनावत बिँडी फ्याक्ट्री लगायत एक दर्जन थिए तर अहिले उक्त उद्योगहरूमध्ये रघुपति जुट मिल सञ्चालनमा छ । अरू इतिहासको पानामा सीमित छ ।

विराटनगरले जन्माएको प्रधानमन्त्रीमध्ये मातृकाप्रसाद कोइरालाकै पहलमा कोसी अस्पताल र वीरेन्द्र सभागृह बनेको हो ।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा कोसी पुल बनाउन सम्झौता गरियो । पहिले राणाले अनुमति दिएकोमा कोसी पुल कति वर्षसम्म कायम रहने, नेपाललाई पुगेपछि बाँकी पानी भारतलाई दिने, कामदार नेपालीलाई राख्नुपर्ने लगायत थियो । कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा नेपालमा रहेको भारतीय सेनाको चेकपोस्ट हटाउने काम भएको थियो । नगेन्द्रप्रसाद रिजाललाई त्यस बेलाका २०४६ सालअगाडिको राजाले प्रधानमन्त्री नियुक्ति गरेको निर्वाचन गराउने जिम्मा दिनुहुन्थ्यो ।

विराटनगरबाट २०४६ पछि प्रधानमन्त्री बन्नुभएका व्यक्तिले निजीकरणको नाममा नाफामा चलेका उद्योग बेचेर नेपाललाई परनिर्भर बनाउने काम भयो । यसमा विराटनगरकै कोइराला परिवारको मुख्य योगदान रहेको छ ।

२०४६ पछि देशमा धेरै बौद्धिक वर्गको उदय भएको छ । हामीले मान्दै आएका छौँ प्रशिक्षक गुरु र नेता सर्वज्ञानी हुन्छन्, उहाँको भनाइलाई आँखा चिम्लेर समर्थन गर्ने समूह छन् ।

कोसी प्रदेशको पर्यटन मन्त्रालयले पर्यटन सम्बन्धी सञ्चारकर्मीलाई अभिमुखीकरण दिने काम भयो । उक्त कार्यक्रममा प्रशिक्षकले हलेसी, भोजपुर जिल्लामा पर्दछ भनेर पढाउनुभयो । हलेसी भोजपुरमा पर्दैन तर थाहा नपाउनेले विश्वास गर्दछन् हलेसी भोजपुरमा पर्दछ । यहाँ अभिमुखी प्रदान गर्ने नाममा इतिहास नै मेटाइदैछ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको विषयमा २०८३ असार ९ गते बसेको मन्त्री परिषद् बैठकले छानबिन समिति गठन गरेको जानकारी गराउनुभयो ।

मन्त्रीले भनेपछि पत्याउनै पर्‍यो । हामीले लेख्दै आएको २०८२ साल गलत रहेछ भनेर यो प्रतिनिधि मुलुक विषय हो ।

आफैँले पढेको हो उक्त कुरा गृहमन्त्री आफैँले लेखेको हो वा अरूले लेखेर दिएको यो बुझ्नु जरुरी छ । कसैले भन्दैमा आँखा चिम्लेर समर्थन नगरौँ, बोलेको कुरालाई गहिरोसँग अध्ययन गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया