आमाको हत्यासम्बन्धी मुद्दाको फाइल बोकेर आठ वर्ष देखि अदालतको गोलचक्कर लगाउदै
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का बेचन रायले आमाको हत्यासम्बन्धी मुद्दाको फाइल बोकेको आठ वर्ष भयो। दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी कहिले जिल्ला, कहिले उच्च त कहिले सर्वोच्च अदालतको गोलचक्कर लगाइरहेका छन्। तर, सप्तरी जिल्ला अदालतमा ६१ पटक पेसी चढे पनि उक्त मुद्दाको फैसला भएको छैन। उक्त मुद्दा जिल्लामै १८ न्यायाधीशले हेरिसकेका छन्।
बेचनकी आमा ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने र...








