विराटनगरका सोलार सडकबत्ती बन्द, महानगरपालिकाको बेवास्ताप्रति नागरिकको गुनासो
विराटनगर। विराटनगरका विभिन्न सडकमा जडान गरिएका सोलारबाट बल्ने सडकबत्ती लामो समयदेखि बन्द अवस्थामा छन्। सोलार बत्ती नबल्दा रातको समयमा सडक अन्धकारमय बनेको छ भने यसतर्फ विराटनगर महानगरपालिका ले पर्याप्त ध्यान नदिएको स्थानीयवासीको गुनासो छ।
स्थानीयका अनुसार सोलार बत्ती नबल्नुका सम्भावित कारणमध्ये सोलार प्यानलमा धुलो जमेर ब्याट्री चार्ज हुन नसक्नु वा ब्याट्री नै काम नलाग्ने अवस्थामा पुग्नु हुन सक्छ...








