सभापति देउवा गलत बाटो चल्नु भएको कारण पार्टी कमजोर बन्दै गएको छ : मन्त्रि लिम्बु
देवानगंज। युवा तथा खेलकुद मन्त्रि डिग बहादुर लिम्बुले नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाको नेतृत्वको कारणले गर्दा नेपाली कांग्रेस पार्टी कमजोर भइरहेको छ भन्नुभयो।
सुनसरीमा आयोजित नेपाली कांग्रेस सुनसरी क्षेत्र २ (ख) प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा भन्नु भएको हो। सुनसरी खेत्र नम्बर २ (ख) क्षेत्रिया समितिद्वारा आयोजित कार्यक्रममा बि पी कोइरालाले देखाएको बाटोमा पार्टी चल...









