आज तराईमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै
विराटनगर । रंगहरुको पर्व फागू अर्थात होली पर्व आज तराई र मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ ।
सोमबार पहाडी र हिमाली जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइएको थियो । आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।
दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्...









