नेपाल मै पहिलो पल्ट किसान, विद्यार्थी सहित १ सय ३४ जना कुशवाहा राष्ट्रसेवक सम्मानित
विराटनगर / नेपाल सरकार मातहत रहेका संघ संस्था संगठनमा सेवा निर्वित र नव प्रवेशी कुशवाहा राष्ट्र सेवकहरुलाई विराटनगरमा सम्मान तथा स्वागत गरिएको छ। कुशवाहा राष्ट्र सेवक समाज नेपालले शनिबार विराटनगरमा सम्मान स्वागत तथा शुभ कामना आदान प्रदान कार्यक्रम विच किसान, विद्यार्थी सहित १ सय ३४ जना सेवा निर्वित र नव प्रवेशी कुशवाहा राष्ट्र सेवकहरुलाई गरिएको हो।
नेपाल मै पहिलो पल्ट एउटै मंचबाट किसान, विद्यार्...