विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैङ्क कर्पोरेट कार्यालय विराटनगरको नियम अन्य बैङ्कको भन्दा फरक हुने गरेको छ ।

बैङ्कसँग रहेको १०० AH ब्याट्री ५८ थान र १५० AH ब्याट्री ४ थान कोटेसनमार्फत लिलाम गर्ने गरी कोटेसन आह्वान गरेकोमा ७ जनाले कोटेसनमार्फत दररेट पेस गरेका थिए ।

यसरी ७ जनाले कोटेसन भरे पनि बैङ्क व्यवस्थापकले मिलेमतो गरेको र अनौठो किसिमको व्यवहार देखाएपछि कोटेसन भरेकोले विरोध गरेपछि बैङ्कले आफूले इच्छाएको व्यक्तिलाई ब्याट्री दिन सकेनन् ।

ब्याट्री कसलाई पर्‍यो, कसले पायो, कतिमा लियो ? भनेर बैङ्क प्रशासनसँग जवाफ मागेपछि उक्त कोटेसनलाई रद्द गरिएको सूचना निकाल्न बैङ्क बाध्य बनेको छ ।

बैङ्कले कोटेसन आह्वान गरेपछि उसले ब्याट्रीको मूल्य तोकेन यसलाई हेर्दा बैङ्क कर्मचारीको नियत माथि नै शङ्का भएको थियो ।

क्त कर्पोरेटका मेनेजर पङ्कज नेपालसँग जिज्ञासा राख्दा “ब्याट्री लिलाम विषयमा के के भएको छ, आफूलाई थाहा नभएको कुरा बताउनुभयो । आफू कार्यालय आउँदा बैङ्कको सूचना पार्टीमा उक्त कोटेसनलाई रद्द गरिएको कुरा टाँसिएको आफूले देखेको नेपालले बताउनु हुँदै स्टोर शाखालाई सबै कुरा थाहा हुनेछ” भन्नुभयो ।

यस विषयमा उक्त शाखाका बाबुराम सुवेदीसँग जिज्ञासा राख्दा बैङ्कले आफूसँग रहेको ब्याट्री लिलामको कोटेसन आह्वान गरेको कुरालाई स्वीकार गर्नुभयो ।

अरूको जस्तो मूल्य बैङ्कले तोक्नुपर्दैन, बैङ्कको आफ्नै प्रक्रिया हुन्छ, बैङ्कले सोचेअनुसारको रकम कोटेसनकर्ताले उल्लेख नगरेको हुँदा उक्त कोटेसन रद्द गरेको सुवेदीले बताउनुभयो ।

बैङ्कले अरूले जस्तो आफ्नो सामानको मूल्य तोक्दैन भन्नुहुँदै बैङ्कले सोचेको रकम दिन कोही तयार नदेखेको सुवेदीले बताउनुभयो ।

यसलाई हेर्दा बैङ्कसँग मिलेमतो गरी कोटेसन भर्नुपर्ने र कुरा मिलेपछि सदर गर्ने परम्परा बैङ्कको रहेको सङ्केत मिलेको छ ।

तपाईको प्रतिक्रिया