विराटनगर । नोबेल मेडिकल कलेजको विशेषज्ञ प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाले विराटनगर महानगरपालिकाको सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यही क्रममा विराटनगर वार्ड नं. ३ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरमा नोबेल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूले आआफ्नो तहको सेवा दिनु भएको थियो ।

उक्त शिविर फिजिसियन सेवा, बाल रोगतर्फ, प्रसूतितर्फ, दन्त रोगतर्फ, छाला एवम् यौन रोगतर्फ, हाड जोर्नी एवम् नशा रोगतर्फ, क्षयरोगतर्फका विशेषज्ञ चिकित्सकहरूले सेवा दिनुभएको थियो । शिविरमा सेवा लिन आउनुहुने १ सय ८१ जना व्यक्तिहरूले विभिन्न सेवा लिनुभएको थियो ।

फिजिसियनतर्फ १ सय १९ जना, छाला एवम् यौन रोगतर्फ १२ जना, दन्त रोगतर्फ ९ जना, हाड जोर्नी तथा नशातर्फ २३ जना, बाल रोगतर्फ ११ जना, प्रसूतितर्फ २५ जना महिलाले, पाठेघर जाँच २१ जनाले, भिडियो एक्सरेतर्फ ५६ जना, ल्याबतर्फ ९० जना, इसिजीतर्फ २६ जनाले सेवा लिएको स्वास्थ्य शिविर फोकल पर्सन भोला तिम्सिनाले बताउनुभयो ।

१ सय ८१ जना बिरामीमध्ये बाटै कसैले अन्य सेवा पनि लिएका छन् । सम्बन्धित विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार अन्य सेवा प्राप्त गरेको तिम्सिनाले बताउनुभयो । यस सेवा लिनेमा सबभन्दा बढी ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया